८ पुष २०७२, बुधबार

विभिन्न चलचित्रहरु प्रदर्शनमा आउने क्रममा रेखा फिल्मस्को व्यानरमा बनेको चलचित्र (रामप्यारी) को “अर्को जुनी” अफिसियल गीत पनि भिडियो सहित सार्वजनिक भएको छ । नया“ वर्ष २०७३ को छेकोमा प्रदर्शनमा आउन लागेको चलचित्र रामप्यारी सविन श्रेष्ठको निर्देशन तथा रेखा थापाको लागानीमा बनेको छ । रेखा थापा आफैले कम्पोज गरेको अर्को जुनी गीतमा सविन र रेखाले फिचरिङ गरेका छन् भने राजेश पायल राई र मनिषा पोखरेलको स्वर रहेको छ ।
उक्त चलचित्र रेखा थापाले निर्देशन गर्ने भन्ने हल्ला आएपनि सविन श्रेष्ठले निर्देशन गरेका छन् । किरण खनालको शब्द,र रामजी लामिछानेको कोरीयोग्राफि रहेको राम प्यारी फिमेल ओरिन्टेड चलचित्र हो जहा“ एउटा महिला टेम्पो चालकको कथा बस्तुलाई देखाईएको छ । यस चलचित्रमा निर्देशक सविन श्रेष्ठ, लागानी कर्ता रेखा थापाका साथै आश्मा डि.सि. र आभाष अधिकारीको लिड रोल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV