
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख ओन्सरी घर्तीबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा संविधान संशोधन विधेयक अघि बढाउने विषयमा छलफल भएको छ ।
आज बस्ने व्यवस्थापिका संसदको बैठकमा संविधान संशोधन विधेयकमाथिको छलफल कार्यसूचीमा राख्ने र मोर्चा आवद्ध साँसदले विरोध गरेपनि छलफल अघि बढाउने विषयमा प्रधानमन्त्री ओली र सभामुख घर्तीबीच सहमति भएको छ । सभामुख घर्तीले प्रधानमन्त्री ओलीलाई आफूले मोर्चाले अवरोध गरेपनि विधेयकमाथिको छलफल अगाडि बढाउने बताएको जानकारी दिनुभयो । मोर्चाको नेताहरुले अवरोध नगरुन् भनेर आफूले प्रयास गरिरहेको बारेमा पनि प्रधानमन्त्री ओलीलाई सभामुख अन्सारीले अवगत गराउनुभएको थियो ।