
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।
उपप्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेल, परराष्ट्र, अर्थ, र वाणिज्य मन्त्रालयका सचिवका साथै परराष्ट्र, कानुन, न्याय तथा संसदीय व्यवस्था र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारी हुनुहुनेछ । चीन सरकारको निमन्त्रणामा बेइजिङ भ्रमण गर्न लागेका उपप्रधानमन्त्री थापाले आफ्ना समकक्षी वाङ यीसँग आगामी बिहीबार नेपाल–चीन सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले चीनको उच्च राजनीतिक नेतृत्वसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । संविधानसभाबाट नयाँ संविधान जारी भएपछि नेपालबाट उपप्रधानमन्त्रीस्तरमा हुन लागेको यो भ्रमण पारस्परिक हित प्रवद्र्धन एवम् द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा केन्द्रित हुनेछ ।