
नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको आगामी महाधिवेशनमा शेरवहादुर देउवा पार्टी सभापति हुने दावि गर्नु भएको छ ।
न्युज २४ टेलिभिजनको नियमिति प्रस्तुती छ प्रश्नमा कुरा गर्दै नेता लेखकले पार्टीले नया“ नेतृत्व खोजेकाले पार्टी सभापति शेरवहादुर देउवा हुने दावि गर्नु भयो । मधेश केन्द्रीत दलहरुलाई सहमतिमा ल्याउन कांग्रेसले सरकार र मधेशी मोर्चा बीच मध्यस्तकर्ताको भुमिका खेलिरहेकाले मोर्चासंग केही दिनमै सहमति हुने उहाँको विश्वास छ ।
पार्टीको सक्रिया सदस्य विवादका बिषयमा नेता लेखकले केही जिल्लाहरुको बिवाद मात्र बा“कि रहेकाले दुइ तीन दिनमै त्यो मिल्ने बताउनु भयो ।