७ पुष २०७२, मंगलवार

पछिल्लो समय काठमाडौँ लगायत देशका विभिन्न ठुला सहरी क्षेत्रमा फुटसलको लोकप्रियता बढी रहेको छ । फुटबलकै सानो रुप अर्थात् इन्डोरमा खेलिने फुटसल अहिले शहरको मागबन्दै गएको छ । सन् २०११ देखि नेपालमा सुरु भएको फुटसल अहिले काठमाडौं उपत्यकामा मात्रै होइन,उपत्यका बाहिरका जिल्लाहरुमा समेत खुल्न थालेका छन् । यसैक्रममा पछिल्लो समयमा धरानमा समेत फुटसल खूल्न थालेका छन् । नेपालमा काइजन स्पोर्टस् सलुसन प्रालिले सन् २०११ देखि फुटसल भित्रयाएको दाबी गरिन्छ । त्यही कम्पनीका नवाङ निमा लामाले काठमाडौंको ठमेलमा एरेना फुटसल नाम दिएर पहिलोपटक फुटसल स्थापना गरेका थिए । नवाङले खोलेकोे ४ वर्षे दौरानमै अहिले उपत्यकामा मात्रै हैन, उपत्यकाबाहिर समेत फुटसलले व्यापकता पाएको छ । अहिले उपत्यकामामात्रै ४५ र बाहिर एकदर्जन फुटसल मैदान रहेको जनाइन्छ । पूर्वको शहर धरानमा पनि अहिले बुढासुब्बा र बिगफुट फुटसल सञ्चालनको तयारीमा रहेका छन् । धराने युवाहरु सन्तोष विक र मानवहादुर मगरले धरान १८ शिवमार्गमा बुढासुब्बा फुटसल सञ्चालनको तयारी गरेका छन् भने योगेन राई सहितका युवाहरुले धरान १५ दशरथमार्गमा विगफुट फुटसल सञ्चालनको तयारीमा रहेका छन् । फुटबलको उर्वरभुमीको रुपमा रहेको धरानमा पछिल्लो समयमा खेलमैदानको अभाव तथा भेट्रान खेलाडीहरुका लागि फुटवल खेल्न समेत फुटसल आवश्यक भएकोले फुटसल सञ्चालन गर्न लागेको बुढासुब्बा फुटसलका सञ्चालक सन्तोष विकले बताए । बाहिरबाट आउने पर्यटक हुन् या स्थानीय जुनसुकै समयमा पनि गएर खेल्न सकिने र त्यही ठाउँमै नुहाईधुवाई गरेर रिफ्रेस गर्न सकिने भएकाले पर्यटकहरुको लागि समेत फुटसल निक्कै लाभदायक रहेको बुढासुब्बा फुटसलका मानबहादुर मगरको भनाई छ ।
बुलेट राइडर योगेन राईले खोलेको बिगफुट फुटसलको झण्डै ४५ लाख रुपैया लागतलागेको बताउछन् । फुटसल सबै उमेर समुहका लागि उपर्युक्त हुने बिगफुट फुटसलका योगुन राईको भनाइ छ । सानो तथा टर्फ ग्राउण्डमा खेल्न पाउँदा आनन्दित हुनुको साथै स्वास्थ्य पनि राम्रो हुने भएकाले फुटसलतर्फ धरानैहरुको पनि आकर्षण बढ्न थालेको छ । बच्चादेखि भेट्रानसम्म खेल्न मिल्ने भएकाले पनि फुटसलप्रति आर्कषण बढेको राईले बताए । बाह्य तथा आन्तरिक पर्यटकहरुको गन्तव्य बन्दै आएको धरानमा फुटसल सञ्चालनमा आएसगै धरानमा खेल पर्यटनको संभावना समेत बढेको छ ।

LIVE TV