७ पुष २०७२, मंगलवार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभरका चिकित्सकहरुलाई औषधिको ब्रान्ड नेम नलेखेर जेनेरिक नेम लेख्न अनुरोध गरेको छ । चिकित्सकहरुले औषधिको ब्रान्ड नेम प्रेस्किप्सन गर्दा बिरामीलाई त्यही औषधि खोज्दै भौतारिन परेको भन्दै औषधिको जेनेरिक नेम लेख्न चिकित्सकहरुलाई मन्त्रालयको आग्रह गरेको हो । मुलुकको अभावपूर्ण स्थितिमा औषधिको समेत अभाव देखिएको खबरहरु सार्वजनिक भैरहँदा स्वास्थ्य मन्त्रालयले औषधि भए पनि स्थानीय स्तरसम्म पुर्याउन र ब्यबस्थापन गर्न नसक्दा अभाव देखिएको स्वीकार गरेको छ । अहिले भारतीय औषधि कम्पनीका उत्पादहरुको सट्टामा नेपाली औषधि कम्पनीबाट उत्पादित औषधिहरुले स्थान लिदै गएको भन्दै चिकित्सकहरुले पनि ब्रान्ड नेमको सट्टामा जेनेरिक नेम लेख्न मन्त्रालयको आग्रह छ । ब्रान्ड नेम लेखिदिन्दा बिरामीले त्यही औषधि खोज्दै भौंतारिने गरेको मन्त्रालयको बुझाइ छ । बाइट
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप गुणस्तरीय औषधि नेपाली कम्पनीहरुले नै उद्पादन गरिरहेका छन् । तर उपभोक्ताको स्वदेशी कम्पनिप्रतिको कम्जोर बिश्वासले गर्दा भारतीय औषधि कम्पनीकै औषधि खोज्ने गरेको पाइएको छ । यस्तोमा चिकित्सकहरुले पनि ब्राण्ड नेम लेखिदिंदा बिरामीहरुलाई थप मर्का परेको छ । केहि समय अगाडिको औषधि अभाव अहिले केही सहज भए पनि स्थानीय स्तरसम्म औषधिको पहुच पुर्याउँन भने अझै समस्या रहेको मन्त्रालयको भनाइ छ । सरकारले निशुल्क बितरण गर्ने औषधि पनि कतिपय अवस्थामा खरिदविक्री गर्ने प्रक्रिया जारी रहेकोप्रति ध्यानकर्षण भएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताउँनुभयो ।
चिकित्सकहरुले ब्राण्ड नेम लेखिदिदा बिरामीहरु प्रेस्किप्सन बोकेर त्यही ब्राण्डको औषधि खोज्दा खोज्दा थकित हुनु सामान्य बनिसकेको छ । त्यसैले विश्व स्वास्थ्य संगठनले नै गुणस्तर प्रमाण दिएको नेपाली औषधिहरुमाथि नै अविश्वास हुने गरी चिकित्सकहरुले गर्दै आएको भारतीय ब्राण्डका औषधिहरुको प्रमोट रोक्न ब्रान्ड नेमको सट्टामा जेनेरिक नेम लेख्नु नै उपर्युक्त उपाय हुनेमा कसैको दुई मत छैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV