
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतको नाकाबन्दी र मधेश आन्दोलनको चुनौती समाप्त गर्न प्रमुख दलहरु एकताबद्ध रहेको बताउनुभएको छ । नाकाबन्दीले जिल्लाहरुको कायपलट गर्न पुग्ने दश खर्ब रुपैयाँ भन्दा बढीको नोक्सानी भएको पूर्व प्रधानमन्त्री खनालको भनाइ थियो । गृह जिल्ला इलामको शान्तिपुरमा मंगलबार मानव सेवा क्लबको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा नेता खनालले नाकाबन्दीले पु¥याएको नोक्सानी अहिलेको प्रमुख चुनौती भएको बताउँनुभयो । तर नाकाबन्दीले नेपालीलाई समृद्धिको ढोका खोल्न पाठ पनि सिकाएको वरिष्ठ नेता खनालको कथन थियो । उहाँले भूकम्प र नाकाबन्दीले देशको विकासलाई अवरोध पु¥याएको चर्चा गर्दै अब पुर्ननिर्माणलाई तीव्रताका साथ अघि बढाउनु पर्ने आवश्यकता औल्याउनुभयो । उहाँले आफ्नो पार्टीको सरकारले अबको बजेट बनाउँदा गाउँको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।