७ पुष २०७२, मंगलवार

मंगलवार सेयर बजार ६ दशमलव ६६ अंकले बढेर १ हजार १ सय ३८ दशमलव १८ अकंमा कारोवार भएको नेपाल स्टक एक्चेन्जलले जनाएको छ । लगानीकर्तालाई बम्पर बोनस घोषणा गरेको एनआइसी एसियाको सेयर मंगलबार घटेको छ । सोमबार एकहजार ५० रुपैयाँमा अन्तिम कारोबार भएको यो कम्पनीको मंगलबार अन्तिम कारोबार एकहजार २९ रुपैयाँ रह्यो । उत्पादन, जलविद्युत र होटल समूहको सूचक दोहोरो अंकले घटेको दिन वाणिज्य बैंकसँगै बीमा र विकास बैंकले सूचक बढाए । सेयर कारोबार रकम भने उकालो लाग्ने क्रम जारी रहेको छ । सोमबार ५० करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार बढेर ५३ करोड रुपैयाँ पुगेको छ । मंगथलवार दिनभर १ सय २५ कम्पनीको सेयर किनबेच भएको थियो । सोमबार जस्तै मंगलबार पनि एनआइसी एसिया बैंक र लक्ष्मी बैंकको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV