७ पुष २०७२, मंगलवार

भारतीय राजदूत रञ्जित रेले संविधान संशोधन विधेयकमाथिको छलफलको प्रक्रियाका बारेमा चासो व्यक्त गर्नुभएको छ । भारतीय राजदूत रेले सिंहदरबार पुगेर सभामुख ओनसरी घर्तीसँग भेटवार्ता गरी संशोधन विधेयकमाथिको छलफलको प्रक्रियाका बारेमा चासो राख्नुभएको हो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विधेयकको विरोध गर्दै आएको सन्दर्भमा भारतीय राजदूत रेले विधेयकमाथिको छलफलको प्रक्रियाका बारेमा चासो राख्नुभएको हो । सभामुख घर्तीले भारतीय राजदूत रेलाई आफूले मोर्चाले अवरोध गरेपनि विधेयकमाथिको छलफल अगाडि बढाउने बताएको जानकारी दिनुभयो । मोर्चाको नेताहरुले अवरोध नगरुन् भनेर आफूले प्रयास गरिरहेको बारेमा पनि राजदूत रे लाई सभामुख अन्सारीले अवगत गराउनुभएको थियो । व्यवस्थापिका संसद्को बैठक बुधबार विहान ११ बजे बोलाइएको छ ।

LIVE TV