
भारतले गरेको नाकाबन्दीले ईन्धन अभाव भएपछि यतिबेला बर्दिया जिल्लाका अधिकांश योजनाहरु ठप्प भएका छन । समयमा काम सम्पन्न नहुने भएपछि स्थानियहरु समेत समस्यामा परेका छन । नाकाबन्दकिा कारण जिल्लामा सञ्चालित योजनाहरुलाई आवश्यक पर्ने ईन्धन लगायतका कच्चा पदार्थ उपलब्ध हुन नसकेपछि बर्दिया जिल्लामा सञ्चालित बिभिन्न योजनाहरु ठप्प भएका हुन् । आर्थिक बर्ष ०७१–०७२ देखि बर्दिया जिल्लाको राजापुर क्षेत्रलाई कर्णाली नदीमा आउँने बाढीबाट मुक्त गर्न कालागि र खेतीयोग्य जमिन कटान गर्नबाट रोक्नका लागि शुरु गरिएको कर्णाली नदी नियन्त्रण आयोजना यतिबेला ठप्प भएको छ । गतबर्ष आयोजनाको लक्ष्यअनुसार काम भएको भए पनि यस बर्ष भने ईन्धन अभावका कारण काम हुन सकेको छैन । इन्धन अभावमा जिल्लामा सञ्चालित आयोजनाहरुको काम ठप्प भएपछि स्थानीयहरु समेत प्रभावित बनेको उनीहरुको गुनासो छ ।
राजापुरक्षेत्र अन्र्तगत पर्ने राजापुर नगरपालिकको टिउनी, दौलतपुर तिघ्रा लगायतका स्थानमा गतबर्ष नै सम्पन्न गर्नुपर्ने सानोतिनो काम समेत ठेकेदारहरुले पूरा गरेका छैनन् । नदी नियन्त्रणको काममा दैनिजसो प्रत्येक स्थानमा ५ सय लिटर डिजेल लाग्ने र कुल कामका लागि पनि अहिले आयोजनाका लागि दैनिकजसो ४ हजार लिटर डिजल लाग्ने भएकाले ठेकेदार पक्षले काम शुरु नगरेको आयोजनाका डिभिजन ईन्जिनियर लेखनाथ सुवेदीले बताउँनुभयो । उहाँले देशको असहज परिस्थितिका कारण काम हुन नसकेको समेत बताउँनुभयो । नदी नियन्त्रणको काम प्राय ठप्प भएपछि चिन्तित भएका स्थानीयबासिन्दाले पटक पटक नदी नियन्त्रण आयोजनामा सम्पर्क गर्ने गरेका छन् । बर्षातको समय सम्म आयोजनाको काम नभए घर खेत नै बगाउँने कुराले स्थानीयहरु चिन्तित बनेका छन । काम ठप्प भएपछि नदी नियन्त्रण आयोजनाले जिल्ला प्रशासन कार्यालय बर्दियालाई पत्राचार गरि डिजल उपलब्ध गराई दिन अनुरोध गरेको आयोजनाका प्रमुख आत्माराम रायले बताउँनुभयो । पाँच बर्षकालागि भनेर स्थापना गरिएको नदी नियन्त्रण आयोजनाले गतबर्ष मात्र १२ प्रतिशत लक्ष्य हासिल गरेको थियो । यस बर्ष समयमा ईन्धन उपलब्ध हुन नसके गत वर्षको लक्ष्य समेत पक्ष्याउँन मुस्किल पर्ने देखिएको छ ।