७ पुष २०७२, मंगलवार

नेपाल क्रिकेट संघ क्यानले बंगलादेशमा हुने अण्डर नाइन्टिन बिश्वकपमा सहभागी हुने नेपाली टोलीको घोषणा गरेको छ । क्यानले राजु रिजालको कप्तानीमा दुइ नया खेलाडी सहित १५ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो । छनौट भएका खेलाडीमा आरिफ शेख, संदिप सुनार, सुनिल धमला, दिपेन्द्र ऐरी, सौरभ खनाल, प्रेम तामाङ र शुसिल कंडेल छन । त्यस्तै दिपेश श्रेष्ठ, राजविर सिंह, योगेन्द्र कार्की, संदिप लामिछाने, हिमांशु दत्त, शंकर राना र इशान पाण्डेले पनि अन्तिम १५ मा स्थान बनाएका छन । कुशल भुर्तेल, इर्साद अहमद, ललित नारायण राजबंशी र नन्दन यादव बैकल्पिक खेलाडीका रुपमा रहेका छन । ब्याट्सम्यान इसान र लेग स्पिनर संदिप बाहेक सबै ेखलाडी बिश्वकप छनौट खेलमा सहभागी भएका थिए । इसान र संदिप पहिलो पटक पहिलो पटक टिममा परेका हुन् । बिश्वकप छनौट खेल खेलेका ललित र कुशलले टिमबाट बाहिरिए । जगत टमाटाको प्रशिक्षणमा रहेकोे नेपाली टोलीले बिश्वकप अघि भारतमा अभ्यास पांच वटा अभ्यास खेल खेल्नेछ ।
तीन तारिख भारत जाने नेपालले तीन खेल धर्मशालामा र दुइ खेल दिल्लीमा खेल्नेछ । नेपाल रहेको समुह डी मा टेस्ट खेल्ने राष्ट्र भारत, न्युजिलयाण्ड र अस्ट्रेलिया रहेका छन । बिश्वकप २२ जनवरी देखी १४ फेब्रुअरी सम्म हुनेछ । नेपालले पहिलो खेल २८ जनवरीमा न्युजिल्याण्ड, ३० मा अस्ट्रेलिया र समुहको अन्तिम खेल एक फेब्रुअरीमा भारत संग खेल्नेछ ।

LIVE TV