
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आफ्नो आसन्न चीन भ्रमणले दुई देशबीचको आर्थिक साझेदारीको दिर्घकालीन फ्रेम वर्क बनाउने दाबी गर्नुभएको छ ।संविधान निर्माणपछि अब नेपालको प्राथमिक कार्यभार आर्थिक समृद्धि भएकोले चीनसँगको सम्बन्धलाई आर्थिक विकास र समृद्धिमा केन्द्रीत गर्ने गरी आफ्नो भ्रमणमा कुराकानी हुने उहाँले बताउनुभयो । काठमाण्डौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले चीनसँग आर्थिक, ब्यापारिक सम्बन्ध सुदृढीकरण, लगानी र पर्यटन अभिवृद्धि गर्ने, चिनियाँ सहयोगमा सञ्चालित आयोजनाको निरन्तरता, थप पूर्वाधार विकासको विषयमा छलफल हुने बताउनुभयो । नेपालले ब्यापार विविधीकरणको सिद्धान्त लिएको भन्दै उहाँले चीनबाट ईन्धन आपूर्ति अघि बढाउन देखिएको कठिनाइहरुलाई आफ्ना भ्रमणले हटाउने बताउनुभयो ।