७ पुष २०७२, मंगलवार

विभिन्न राजनीतिक पार्टी निकट महिला संघ संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारी माथि रामजानकी मन्दीरमा भएको दुब्र्यवहार र आक्रमणको भत्र्सना गर्दै दोषीमाथि कारवाही गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । विभिन्न महिला संघसंगठनहरुले काठमाण्डौंमा संयुक्त पत्रकार सम्मेलन गरेर दुई चरणको आन्दोलन घोषणा गरेका छन् । घोषित पहिलो चरणको आन्दोलन अन्र्तगत सोमबार सभामुख, प्रधानमन्त्री र गृहमन्त्रीकोमा ध्यानाकर्षण गराउने र संसदमा आवाज उठाउन सबै सांसदहरुलाई पत्राचार गर्ने रहेको छ । दोस्रो चरणको आन्दोलनमा भने सबै जिल्लामा विरोध सभा गर्ने र प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउने रहेको छ ।

LIVE TV