७ पुष २०७२, मंगलवार

गत सोमबार काठमाडौंमा सातौं एल.जि.डि. सिने अवार्ड सम्पन्न भएको छ । अवार्ड कार्यव्रmममा सर्वोत्कृष्ठ सिनेमा, निर्देशक, अभिनेता, अभिनेत्री, छायाङकार,सम्पादन सहीत कुल कुल २८ बिधामा बिजेताहरुको नाम घोषणा गरीएको थियो ।
२०७२ एल.जि. डि . सिने अवार्डमा सर्वोत्कृष्ठ सिनेमाको अवार्ड नोवेम्बर रेन फिल्मले जितेको छ । त्यस्तै सवोत्कृष्ठ निर्देशक दिनेश राउत, अभिनेता आर्यन सिग्देल, अभिनेत्री नम्रता श्रेष्ठ, छायांकार राजेश श्रेष्ठ, सम्पादनमा राजु भण्डारी वल्ड कप इन नेपाल ,पटकथा राम बाबु गुरुङ र उपेन्द्र सुब्बा कबड्डी बाट र कथामा रामशरण पाठक वल्ड कप इन नेपाल बाट अवार्डेड भएका छन् ।उक्त अवार्ड कार्यक्रममा छाँयाछवि चलचित्रकर्मि गोपाल कायस्थ र गौरी मल्ललाई रजत सम्मानबाट सम्मानित गरीएका छन् भने छाँयाछवि चलचित्र पत्रकारीता पुरस्कारबाट डब्बु क्षेत्रिलाई सम्मान गर्दै रु सात हजार सात सय सतहत्तर रुपैया नगद पुरस्कार बाट पनि पुरस्कृत गरीएका छन् ।अन्य फिल्महरुको तुलनामा नोभेम्बर रेन फिल्म सर्बोत्कृष्ठ फिल्म भएको छ । यस फिल्मले सर्वोत्कृष्ठ अभिनेता र अभिनेत्री सहित आठ ओटा विधामा अवार्ड जितेको छ् । vlcsnap-2015-12-22-14h48m10s726 vlcsnap-2015-12-22-14h49m04s327 vlcsnap-2015-12-22-14h49m34s722 vlcsnap-2015-12-22-14h49m46s512 vlcsnap-2015-12-22-14h49m55s515 vlcsnap-2015-12-22-14h50m02s997 vlcsnap-2015-12-22-14h50m52s035

 

 

LIVE TV