७ पुष २०७२, मंगलवार

नेपाली फिल्म बन्ने कार्य बढिरहेको क्रममा ग्रिनहिल भि.एफ.एक्स. को ब्यानरमा नेपाली कथानक फिल्म सकुन्तला निर्माण हुने भएको छ । उक्त फिल्मलाइ सम्बन्धी जानकारी निर्देशक दिनेश श्रेष्ठले गत मंगलबार प्रेस मिट मार्फत गराएका छन । दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको तेस्रो फिल्म सकुन्तला सोसियल ड्रामामा र एक्शन प्रधान फिल्म रहेको बताएका छन् । महेश्वर खत्रि र श्रीपसा खत्रिको निर्माण तथा तथा दिनेश श्रेष्ठको निर्देशनमा बन्ने उक्त फिल्ममा राजेश हमालको मुख्य भुमिका रहने छ भने अन्य कलाकारहरुमा किशोर खतिवडा, रविन्द्र बस्नेत, अनु शाह, सुवर्ण स्मृति श्रेष्ठ, रवि गिरी, प्रदिप कुमार उदय, प्रदिप ढकाल,र शिवन श्रेष्ठ आदीले पनि अभिनय गर्ने छन् । बन्न लागेको सकुन्तला फिल्ममा अर्जुन पोखरेलको संगित, अष्ट महर्जनको द्वन्द र माइकल चन्दको नृत्य हुने निर्माण टोलीले बताएका छन् । सकुन्तला पात्र जोसुकै पनि बन्न सक्ने यस फिल्मको मुख्य भुमिकाको रुपमा देखिने कलाकार राजेश हमालले बताएका छन् भने अनु शाह भने पत्रकारको रुपमा अभिनय रहने बताएका छन् । काम चोर र तिम्रो मनको मान्छे म निर्देशन गरीसकेका निर्देशक श्रेष्ठको यो बन्न लागेको तेस्रो फिल्म पनि उक्त दुई फिल्म जस्तै दर्शकहरुले माया गरिदिने आशा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV