
- दीपक बोहरा
गरे के हुदैन र ? अलैचीको आमदानीले जीवनशैली परिवर्तन भएपछि यस्तै भन्छ्न दोलखा झुलेका किसानहरु । कतै खोल्सीको सुन र कतै कालो सुन भनिने अलैचीको खेतीबाट राम्रो आमदानी हुन थालेपछि किसानहरुलाई बोल्न फुर्सद छैन् । आम्दानी प्रशस्त भएपछि किसान मात्र होइन स्कुलले पनि व्यवसायिक आलैची खेती गरेको छ दोलाखामा ।
सुन्दा अचम्म लाग्ला विद्या आर्जन गर्ने विद्यालयमा अलैची खेती गरिन्छ भन्दा । तर सत्य हो, दोलखाको झुले गविस स्थित अम्वर उच्च माध्यमीक विद्यालयले आफ्नो ६७ रोपनि जमिनमा ४० रोपनिमा अलैची खेती गरेको छ । नेपाल ग्रामीण पुननिर्माण संस्थाको सहयोगमा बाझो जमिनमा अलैची लगाएको बिद्यालय क्याम्पसमा विस्तार गर्न सोचमा छन् शिक्षकहरु । २०६८ सालबाट अलैची लगाएको स्कुलले ७१ साल पुग्दा अझै विस्तार ग¥यो अलैची खतीलाई । ५ बर्ष भयो स्कुले अलैची दिवश मनाउन थालेको ।
स्कुल मात्र होइन झुले गाविसका कृष्णवहादुर कार्कीले अलैचीको विरुवामा मात्रै १२ लाख रुपैयाभन्दा बढीको बेचिसके यो बर्ष । मकै र कोदो हुने जमिनमा २८ महिनाको पर्खाइमा १२, १३ लाख रुपयाको अलैची बेचेपछि मख्ख छन् झुलेका किसानहरु । ‘एक घर सय विरुवा ’ को नारा छ अहिले झुलेमा ।
झुलेमा मात्र होइन, दोलखाका धरै किसानहरुको आकषर्ण बढेको छ अलैची प्रति । मिर्गे गाविस ६ की इन्द्रमाया घिमिरेलाई बोट बेच्नको हतारो भइसक्यो अहिले । अलैचीको दानाबाट नर्सरी शुरु गरेकी इन्द्रमायाको एक लाख विरुवा छन । १ लाख बोटको नर्सरी सार्दा ५ लाख बन्दा बढी बोटहरु हुन्छन् । बोट मात्रै बेच्दा पनि ५० लाख भन्दा बढीको अलैची विक्री गर्छ घिमिरे परिवारको ।
नगदेबालीका रुपमा प्रख्यात अलैचीले जिवनशैलीमा परिवर्तन ल्याउन थालेपछि अन्यसामाजिक काममा पनि सक्रिय छन् कृषकहरु ।
बढ्दो मागका कारण किसानका लागि आयस्रोतको बिलीयो माध्यम बन्दै गएको छ अलैची । अलैची मात्र होइन किवी र अन्य नगदेबालीबाट प्रसस्त आमदानी गर्छन किसानहरु । नगदे बाली आफु मात्रै लगाउदैनन् ईलामबाट आफै बिउ ल्याएर अरुलाई पनि लगाउने प्ररण दिन्छन् दोलखेलीहरु । जो सवैका लागि प्रेरणा छ ।