७ पुष २०७२, मंगलवार

भारतको एउटा अदालतले गत फेब्रुरुअरीमा एकजना नेपाली महिलाको बलात्कारमा लागि दोषी ठहर गर्दै ७ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
अदालतको फैसला सुनाउँदै महिला न्यायाधीशले जनताहरुमा एउटा सशक्त सन्देश पुर्याउन चाहेको बताइन् । न्यायिक अधिकारीबाहेक आफूपनि एक मानव भएको भन्दै ती न्यायाधीशले आफूले पीडितको चित्कार सुन्न सक्ने बताइन् । पोस्टमार्टम रिपोर्टले उनको सामूहिक बलात्कार गरिएको र निर्मम रुपले कुटपीट गरी हत्या गरिएको देखाएको थियो । उत्तरी हरियाणा राज्यबाट २८ वर्षीया ती महिला हराएको बेला मानसिक रोगबाट पीडित थिइन र स्थानीय एउटा अस्पतालमा उनको उपचार चलिरहेको थियो । तीन दिनपछि उनको शव खेतमा भेटिएको थियो । भारतको सर्वोच्च अदालतले तीन वर्षअघि राजधानी दिल्लीको एउटा बसमा एकजना छात्राको सामूहिक बलात्कार र हत्याको घटनामा दोषी ठहर गरिएका एक नाबालक अपराधीको रिहाइविरुद्ध परेको अपीललाई खारेज गरेकै दिन उक्त आदेश आएको हो । हरियाणा घटनाका आठौँ आरोपीमाथि नाबालकसम्बन्धी मुद्दा हर्ने अदालतमा सुनुवाई हुँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV