७ पुष २०७२, मंगलवार

मंगलबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ४८ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । साता कारोवारको पहिलो ३ दिनमा सुन तोलामा ८ सय रुपैयाँले बढेको छ । यसअघि आइतवार तोलामा ३ सय र सोमवार १ सय रुपैयाँले सुन बढेको थियो । मंगलवमर तेजावी सुन प्रतितोला ४८ हजार २ सय ५० रुपैयााँमा कारोवार भएो छ । अमेरिकी फेडरल बैंकले व्याजदरमा ० दशमलव २५ प्रतिशत बृद्धि गरेसँगै सुनको भाउ गत साता तोलामा ११ सय रुपैयाँले घटेको थियो । साथै डलरको उत्तारचढावका कारण नेपाली बजारमा सुनको भाउमा उत्तारचढाव आएको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ । चाँदीको भाउमा पनि मंगलवार बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेर ६ सय ८० रुपैयाँमा चाँदीको कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LIVE TV