७ पुष २०७२, मंगलवार

विवाहपञ्चमीमा जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूजाअर्चना गरेपछि निकै चर्चामा आएको जानकी मन्दिरमा अहिले मन्दिरका महन्थको विवाद सुरु भएको छ । गुठी संस्थानले २०७० फागुन १९ गते जानकी मन्दिरको महन्तमा जगदिश दास वैष्णवलाई नियुक्त गरेको थियो । तर पुराना महन्तमा रामतपेश्वर दास वैष्णवले गुठी संस्थानको निर्णय नमानेर मन्दिर भित्र रहेको खुलेको हो ।
गुठीका तत्कालीन अध्यक्ष पंचलाल महर्जनले जगदिश दासलाई महन्त नियुक्त गरेको थियो । महन्थ जगदिश दासले जनकपुरमा पत्रकार सम्मेलन गरी मन्दिरको वैधानिक महन्थ आफु रहेको दावी गरेका छन् । महन्त नियुक्तीको मुद्धा सर्वोच्च अदालतमा रहेपनि जगदिश दासले २०७० सालको नियुक्ती पत्र झिकेर एक पटक फेरी महन्तमा आप्mनो दावी गरेको छ । २०७० फागुन १९ गते गुठी संस्ठान केन्द्रिय कार्यालय काठमाण्डौले चलानी नम्बर ७५५ मा गरेको सिफारिस झिकेर जगदिश दासले जानकी मन्दिरको महन्त आपूmलाई बताएका छन् ।
जानकी मन्दिरको जिम्मेवारी वर्तमान महन्त रामतपेश्वर दासले सम्हाल्न नसकेकोले आपूm महन्थ हुनुपर्ने माग गरेका छन् । गुठी संस्थानले दुई वर्ष अघि जानकी मन्दिरको रिक्त महन्त पदमा गुठीको दानपत्र , लिखत परम्परा बमोजिम पुजाआजाको व्यवस्थापन गर्ने, गुठी तैनाती जग्गा अतिक्रमण हुन नदिने, मन्दिरको आम्दानी सोही मन्दिरको नाममा खाता खोली जम्मा गर्ने, मन्दिरको आम्दानी खर्चको मासिक विवरण जनकपुरस्थित गुठी कार्यालयमा बुझाउने गरी गुठी संस्थान ऐन २०३३ को दफा १६ को उपदफा (२)बमोजिम एक वर्षे परिक्षण कालमा रहने गरी जगदिश दासलाई महन्त नियुक्त गरेको थियो । तर, महन्त रामतपेश्वर दास सहित मटिहानी मठका महन्त जगरनाथ दास वैष्णव लगायतका साधुसन्तले निर्णयलाई मानेको छैन् ।

LIVE TV