७ पुष २०७२, मंगलवार

 

नेकपा एमालेका महासचिब इश्वर पोखरेलले सरकारले जनतालाइ राहात दिने कार्यक्रम ल्यान नसकेको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले जनतालाई राहात दिने कार्यक्रम नल्याएका कारण पनि बजारमा कालोबाजारी र तस्करी बढेको स्वीकार गर्नु भयो । सञ्चारकर्मीको जिज्ञासामा उहाँले सरकारले जनतालाइ राहत दिने कार्यक्रम तत्काल ल्याउनु पर्ने बताउनुभयो । सरकारी उदासिनताले जनताले कालोबजारीको मार खेप्नु परेको महासचिव पोखरेलको भनाई छ ।

संक्रमणकालमा केहि मान्छेहरुले कमाउ धन्दा गरिरहेको भन्दै यस तर्फ सरकार सचेत हुनु पर्ने महासचिब पोखरेलले बताउनु भयो ।

 

LIVE TV