७ पुष २०७२, मंगलवार

संयुक्त मधेसी मोर्चाको तराई बन्द र भारतको नाकाबन्दीले भारतबाट ग्यासको सहज आपूर्ति नभएपछि धरानमा दाउराको बिक्रि बढ्ेको छ । ग्यासको अभावले घरको चुल्हो बल्न छाडे पछि धरानका स्थानियवासीहरु दाउरा खरिद गर्न बाध्य भएका छन् ।

धरानमा ग्यासको अभावसंगै दाउराको माग बढ्न थालेको छ । परम्परागत रुपमा प्रयोग भईरहेको दाउराको प्रयोग केही वर्ष अघि सम्म यसैको प्रयोगबाट खाना पाक्ने गर्दथे । तर विकसित समाजसंगै भित्रिएको एलपी ग्यासले दाउराबाट खाना पकाउने परम्परा बिस्थापित भएको थिया । पछिल्लो २ महिनादेखि ग्यासको अभावले बाध्य भएर दाउराको प्रयोग गर्नु परेको स्थानियको भनाई छ ।

धरानमा चतरा, पटनाली, विष्णुपादुकाबाट दाउराको भारी आउने गरेको छ । साईकलको दुई पट्टी च्यापेर दैनिक धरानमा २ सय भारी दाउरा बिक्रि हुन थालेको छ । सामान्य अवश्थामा ३ सय रुपैया सम्म पर्ने दाउराको प्रति भारी अहिले ६ सय रुपैयामा बिक्रि हुन थालेको छ । एक जना व्यापारीले हप्ताको तीन पटक सम्म दाउरा बिक्रि गर्न ल्याउने गरेको दाउरा व्यापारीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV