७ पुष २०७२, मंगलवार

बागलुङको श्रीनगर टोलस्थित मनशुन दालमोठ उद्योग आगलागी भएको छ । सोमबारी राती १२ बजेबाट लागेको आगो आज बिहान ६ बजे पछि मात्रै नियन्त्रणमा आएको छ । नेपाली सेना, प्रहरी तथा स्थानीयको प्रयासपछि आगो नियन्त्रणमा आएको हो ।

आगलागीबाट एक करोड बढीको क्षती पुगेका प्रारम्भकि अनुमान गरीएको प्रहरीको भनाइ छ । आगलागी भएको डेढ घण्टा पछि मात्रै बारुणयन्त्र घटना स्थल पुगेको थियो । बारुण यन्त्रमा दक्ष जनशतmीको अभावमा आगो निभाउन नसकेको स्थानीयको आरोप छ ।
उद्योग सञ्चालक यम प्रसाद कंडेलका अनुसार आफुले आगोको ठुलो मुस्ले निस्केपछी मात्रै थाहा पाएको बताउनुभयो । सोमबार साँझ ७ बजे पछाडी उद्योग बन्द अबस्थामा रहेको कंडेलको भनाइ रहेको छ । कंडेलका अनुसार उद्योगमा रहेकोे ४ लाख नगद सहीत, करीब ४० लाख मुल्य बराबरका मेसीन जलेर नष्ट भएका छन् । साथै उत्पादीत दालमोठ,चिउरा,भुजा लगाएतका खाद्यान तथा लत्ताकपडा,गरगहना सबै नष्ट भएका छन् । उद्योगमा ९ जना मजुदर कार्यरत रहेका छन् ।

LIVE TV