७ पुष २०७२, मंगलवार

जिल्ला प्रशासन कार्यालयले रौतहटले सदरमुकाम गौरमा आज तेस्रो दिन पनि कर्फ्यू जारी राखेको छ । बिहान ११ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
शान्ति सुरक्षा कायम राख्न र कुनै अप्रिय घटना हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले बिहान ११ बजेदेखि अर्को सूचना नभएसम्मका लागि गौर नगरपालिका क्षेत्र भित्र कर्फ्यू लगाएको हो । उत्तरमा नयाँ बसपार्कको बरहवा पुल, दक्षिणमा भन्सार गेट, पूर्वमा बरहवा पुलको हनुमानस्थान र पश्चिममा टिकुलीया गाउँसम्मको क्षेत्रमा करफ्फ्यू जारी गरेको प्रमुख जिल्ला अधिकारी नरहरी बरालले जानकारी दिए ।
आइतवार दिउँसो सुरक्षाकर्मीको गोली प्रहारबाट गौरको विपी चोकमा एक विद्यार्थीको मृत्यु भएपछि सोही दिनदेखि लगातार गौर नगरपालिका क्षेत्र भित्र कर्फ्यू जारी गरी बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ हिजो साँझ ६ बजेदेखि राति १० बजेसम्म र आज बिहान ६ बजेदेखि ११ बजेसम्म कर्फ्यू हटाइए पनि दिउँसो भने पुनः कर्फ्यू कायम गरिएको छ । बिहान ५ घण्टाका लागि कर्फ्यूमा हटाइएपछि गौरको विपी चोकमा मोर्चा कार्यकर्ताहरुले बिहानै प्रदर्शन गरेका थिए ।

LIVE TV