७ पुष २०७२, मंगलवार

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ । आर्सनलले म्यानचेस्टर सिटीलाई २–१ ले हराएर शीर्ष स्थानको लिसेस्टरसँगको अंक दूरी दुईमा झारेको छ । आर्सनलले दुवै गोल पहिलो हाफमा नै गरेको थियो । ३३ औं मिनेटमा थियो वालकोटले गोल गरेपछि आर्सनलले सुरुवाती अग्रता लिएको थियो । ४५ औं मिनेटमा ओलिभर जिरउडले आर्सनलको अग्रता दोब्बर पारे । ८२ औं मिनेटमा म्यानचेस्टर सिटीका लागि याया टुरेले एक गोल फर्काए पनि हार टार्न सकेनन् । जितपछि दोस्रो स्थानको आर्सनलको १७ खेलबाट ३६ अंक भएको छ । शीर्ष स्थानको लिसेस्टरको समान १७ खेलबाट ३८ अंक छ । आर्सनलसँग पराजित भएको म्यानचेस्टर सिटी समान १७ खेलबाट ३२ अंकसहित तेस्रो स्थानमा छ ।

Mesut Ozil

 

Mesut Ozil and Theo Walcott

LIVE TV