७ पुष २०७२, मंगलवार

गोरखा– गोरखाको गाउँमा रहेका अधिकांश पानीका मुहानमा कोलिफर्म मिसिएको पाइएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले गरेको अध्ययनमा अधिकांश मुहानमा ‘कोलिफर्म’ मिसिएको भेटिएको हो ।

खानेपानी उपभोक्ता महासङ्घ गोरखासँग समन्वय गरी नेवाले गाउँगाउँमा पानीका मुहान खोज्ने, दर्ताका लागि सहयोग गर्ने र कोलिफर्म भए÷नभएको पहिचान गर्ने काम गर्दै आएको छ । जिल्लाका ३० भन्दा बढी गाविसमा पानीका मुहानबारे अध्ययन गरिसकेको नेवाले जनाएको छ ।

नेवाका हरि रिमालका अनुसार कोलिफर्म देखिएका पानीका स्रोतमा निर्भर रहेका गाउँलेलाई पानी शुद्धीकरण विधिबारे जानकारी गराइएको छ ।

पानी उमालेर मात्रै खाने, पोटासको प्रयोग गर्ने र फिल्टरहरुको प्रयोगमा जोड दिइएको रिमालले बताउनुभयो । सदरमुकाम क्षेत्रका प्रायः कुवामा पनि कोलिफर्मको मात्रा देखिएको छ । रासस

 

LIVE TV