७ पुष २०७२, मंगलवार

काभ्रे होक्से गाविस २ का ज्ञानबहादुर मिजारले आफ्नो एउटा मिर्गौला मकवानपुरको पालुङ निवासी सूर्यभक्त श्रेष्ठलाई बिक्री गरे । नेपालको कानुनमा नजिकका आफन्तलाई मात्र मिर्गौला बेच्न पाउने व्यवस्थाअनुसार उनले श्रेष्ठको नाममा नक्कली नागरिकतालगायतका सबै झूटा कागजात बनाएर भारत पुगी मिर्गौला बेचेको राजधानी दैनिकमा समाचार छ ।

होक्सेकै मोहन सापकोटामार्फत् मिर्गौला तस्करी गर्ने भक्तपुर दुवाकोटका प्रेमबहादुर थापा मागरमार्फत् पालुङका श्रेष्ठलाई मिर्गौला बेच्नका लागि उनले नक्कली कागजपत्र बनाउनु परेको थियो ।

नेपालमा मिर्गौला तस्करीबारे गरिएको एक अनुसन्धानले यो तथ्य बाहिर ल्याएको हो । नागरिकता, नाता प्रमाणित, ट्राभल डकुमेन्टलगायत सबै कागजात नक्कली बनाइ मिर्गौला बेचबिखन हुने गरेको अनुसन्धान प्रतिवेदनले खुलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV