७ पुष २०७२, मंगलवार

सर्वाेच्च अदालतले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त छविलाल पौडेललाई धरौटीमा छाड्ने पुनरावेदन अदालत हेटौंडाको आदेशलाई उल्ट्याइदिएको छ ।

न्यायाधीश गिरिशचन्द्र लाल र दीपकराज जोशीको इजलाशले सोमबार अपरान्ह जारी गरेको आदेश अनुसार अब पौडेललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष अघि बढाउनु पर्नेछ ।

सुरुमा जिल्ला अदालत चितवन र त्यसपछि पुनरावेदन हेटौंडाले अभियुक्त पौडेललाई छाड्ने आदेश दिएको थियो । त्यसविरुद्ध मृतककी आमा गंगामाया अधिकारीले सर्वाेच्चमा निवेदन दिएकी थिइन् । कान्तिपुर दैनिकमा खबर छ ।

 

LIVE TV