६ पुष २०७२, सोमबार

सरकारले नेपाली कामदारहरुलाई ब्यवस्था गरेको फ्रि भिसा र फ्रि टिकटमा नेपाली कामदारको माग उल्लेखनीय रुपमा बढ्न सकेको छैन । भुकम्प पछि सरकारले फ्रि भिसा फ्रि टिकटमा जाने नेपाली कामदारहरुको लागि नयाँ ब्यवस्था गरे पछि त्यो ब्यवस्था भने प्रभावकारी हुन सकेको छैन । बिदेश जाने नेपाली कामदारहरु पनि यो बिषयमा अझै अन्यौलमा रहेका छन ।
सरकारले भुकम्प प्रभावित क्षेत्रका युवाहरुको लागि ब्यवस्था गरेको फ्रि भिसा फ्रि टिकटको ब्यवस्था गरे पछि नेपाली युवाहरुलाई पर्याप्त जानकारी नभएको कारणले गर्दा पनि नेपाली युवाको सख्या खासै बढ्न सकेको छैन । बैदेशिक रोजगार बिभागका अनुसार फ्रि भिसा र फ्रि टिकटको ब्यवस्था गरे पछि नेपालबाट बिशेषगरी कतार र साउदीमा जानेहरुको माग बढेको छ । मलेसिया लगायतका केही मुलुकहरुमा असुरक्षा र कठिन कामको कारण कामदारको आवेदन कम परेको बैदेशिक रोजगार बिभागले जनाएको छ । बैदेशिक रोजगार बिभागका प्रमुख मधु विलास पण्डितले अहिले मलेसिया जाने नेपाली कामदारको सख्या एक तिहाईले घटेको जानकारी दिनु भयो । प्रमुख पण्डितले बैदेशिक रोजगारी कम्पनीहरुले फ्रि भिसा र फ्रि टिकटको ब्यबस्था अनुरुप नेपाली कामदार पठाएको नपठाएको बिषयमा अनुगमन भइरहेको बताउनु भयो ।
कतिपय बैदेशिक रोजगार कम्पनीहरुले फ्रि भिसा फ्रि टिकटको नाममा अनाबश्यक पैसा असुली गरेको र ठगी गरेको गुनासो पनि आएको हुदाँ कामदारसग अनाबश्यक पैसा असुली गर्ने कम्पनीहरु माथि कारवाही हुने बिभागका प्रमुख पण्डितले बताउनु भयो । सरकारले फ्रि भिसा फ्रि टिकटको ब्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको कारण यो ब्यवस्था कार्यान्वयनको लागि निगरानी र अनुगमन भइरहेको बैदेशिक रोगजार बिभागले जनाएको छ ।

LIVE TV