६ पुष २०७२, सोमबार

बिश्व फुटवलका प्रभावशाली ब्यक्तित्वहरु फिफा अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष तथा युरोपियन फुटबल महासंघका अध्यक्ष मिचेल प्लाटिनी प्रतिवन्धमा परेका छन । उनीहरु दुवैलाई फिफा इथिक्स कमिटीले जरिवाना सहित आठ बर्षको प्रतिबन्ध लगाएको छ । प्रतिवन्धसहित फिफामा एकछत्र राज गरेका ब्यक्तिको अन्त्य भएको छ । फिफामा पछिल्लो पटक देखिएको भ्रष्टाचारको मुख्य दोषी मानिएका ब्लाटर र प्लाटिनीलाई इथिक्स कमिटीको अनुसन्धानले प्रतिबन्धमा पारेको हो । यसअघि पनि भ्रष्टाचारको आरोपमा ब्लाटर र प्लाटिनीलाइ ९० दिनको निलम्बन गरिएको थियो । ब्लाटर र प्लाटिनीले २० लाख अमेरीकी डलर अनाधिकृत रुपमा लिएको आरोप लाग्दै आएको थियो । यही विषयमा इथिक्स कमिटीले दुबै जनामाथि अनुसन्धान सुरु गरेको थियो । यसका साथै ब्लाटरलाई ५० हजार र प्लाटिनीलाई ८० हजार स्विस फ्राङक जरिवाना पनि लगाइएको छ । सन १९९८ देखि फिफाको अध्यक्षका रुपमा रहेका ७९ बर्षीय स्विस नागरिक ब्लाटरले निर्वाचित अध्यक्षको पद त्याग्ने निर्णय गरेका बेला अव उनको फुटवल जीवन प्रतिबन्धमा परेसंगै अन्त्य भएको छ । गत मे मा पांचौ कार्यकालका लागि फिफा अध्यक्षमा निर्वाचित भएपनि भ्रष्टाचारको आरोपमा फिफाका उच्च पदाधिकारी गिरफ्तार भएपछि ब्लाटरले पद छोड्ने घोषणा गरेका थिए । ब्लाटरको विकल्पका रुपमा ६० बर्षीय प्लाटिनीलाइ हेरिएको थियो । तीन पटकका युरापियन फुटवलबर अफ द इयर र फ्रान्सका पुर्व कप्तान प्लाटिनी सन २००७ देखि युइएफएको अध्यक्षका रुपमा रहेका थिए । तर उनको यो प्रतिबन्धले आगामी निर्वाचनमा भाग लिन नपाउने निश्चित भएको छ । दुबै जनाका विषयमा इथिक्स कमिटीले ५० पेज लामो अनुसन्धान पेपर बुझाएको थियो । जसमा ब्यक्तिगत इच्छाका लागि काम गरेको, गलत प्रयोजनका लागि खाता प्रयोग गरेको लगायतका आरोपहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV