६ पुष २०७२, सोमबार

नेपाल पत्रकार महासंघ सुनसरीले आफ्नै निजी भवनबाट कार्य सम्पादन शुरु गरेको छ । आफ्नो भवन नभएर बर्षौदेखि भाडामा बस्दै आएको पत्रकार महासंघ सुनसरीले सोमवारदेखि आफ्नै भवनबाट कार्य सम्पादन शुरु गरेको हो । धरान १२ चतरालाइनको पब्लिक उच्च माविको भवनमा कोठा भाडामा लिएर काम गर्दे आएको महासंघलाई धरान उपमहानगरपालिकाले धरान १३ अमर हाटमा जग्गा र तीनकोठे घर उलब्ध गराएको हो । सोही घरमा सोमवार विधिवत रुपमा महासंघको कार्यालय सरेको छ ।
धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राई लगायत समाजसेवी र महासंघका पूर्व अध्यक्षहरुले संयुक्त रुपमा नरिवल फोडेर भवन सञ्चालनमा ल्याइएको हो । पञ्चायतकालीन अवस्थामा ठूला ओहादामा रहेका अफिसर्सहरुले गठन गरेको अफिसर्स क्लव सञ्चालन भएको यो भवन अस्थायी प्रहरी विटको रुपमा समेत प्रयोग गरिदै आएको थियो ।
अमरसेवा समाजको पहलमा धरान उपमहानगरपालिकाको प्रयासमा अन्तत ः महासंघ सुनसरीले आफ्नै भवन पाप्त गर्न सकेको हो । प्रवेश कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले धरानलाई राज्यले समेत उपेक्षित गरेको समयमा नेपाल पत्रकार महासंघ।सुनसरी शाखा धरानमै रहनु गौरवको विषय रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV