
सरकारले तराई मधेसमा जारी आन्दोलनलाई सम्वोधन गर्न तयार पारेका तीन बुँदे प्रस्ताव आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बुझाएको छ । सोमवार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले मोर्चाका नेताहरुलाई लिखितरुपमा तीन बुँदे प्रस्ताव बुझाउँनुभएको थियो । प्रमुख राजनीतिक दलहरुले सहमति गरेको तीन बुँदे प्रस्तावलाई आईतवारको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । प्रस्तावमा संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई अगाडि बढाउने ,सीमाङ्कनको मुद्यालाई तीन महिनाभित्र राजनीतिक संयन्त्र बनाएर हल गर्ने र समानुपातिक समोवेशिताको विषयलाई छलफलद्धारा हल गर्ने विषयहरु रहेका छन् । तीन बुदें प्रस्ताव प्राप्त गरेका मोर्चाका नेताहरुले छलफल गरेर यसवारे धारणा सार्वजनिक गर्ने बताएका छन् ।