६ पुष २०७२, सोमबार

राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमितिलाई बेवास्ता गर्दै क्यानको समग्र कार्यसञ्चालनको जिम्मा प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाई दिन पत्राचार गरेको छ । पछिल्लो पटक भएको निर्वाचनलाई मान्यता दिन अस्वीकार गरेको क्यानले घिमिरेलाई नै जिम्मेवारी दिने तयारी गरेको छ । टंक आङबुहाङ नेतृत्वको कार्यसमितिको म्याद सकिएकाले नयाँ कार्यसमिति चयन नभएसम्मका लागि क्यानको सम्पुर्ण कार्यसञ्चालन लगायत एसीसी र आइसीसीसंगको समन्वयका लागि पनि परिषदको स्वीकृतिमा काम गर्न राखेपले सीइओ भावना घिमिरेलाई निर्देशन दिएको हो । गत पुस २ गते परिषदको असहमतिका वावजुद चतुरबहादुर चन्दको नेतृत्वमा गठन भएको क्यानलाई पुरै वाईपास गर्दै राखेपले कार्यसञ्चालन अघिकार कर्मचारीको हातमा सुम्पेको हो । यसबाट क्यानको विवादले नयाँ रुप लिने निश्चित भएको छ । क्यानको नयाँ कार्यसमितिलाई राखेप सहित एसीसी र आइसीसीले पनि मान्यता दिएको छैन । यता क्यानको नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले भने परिषदको निर्णय गैह्रकानुनी रहेको भन्दै परिषदले विधि र विधान मिचेको आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV