६ पुष २०७२, सोमबार

केही बर्ष अघि सम्म पनि बलिउड फिल्म संग हाम्रा फिल्महरुले राम्रै संग प्रतिस्पर्धा गर्ने गर्दथे तर अहीले बलिउड फिल्म इन्डष्ट्री हाम्रो भन्दा धेरै स्तरीय भइसकेको छ ।एकै पटक देश र बिदेशमामा बलिउडका फिल्महरु रीलिज हुने गर्दछन ।केही समय अघि सम्म बलिउडका फिल्म संग प्रतिस्पर्धा गर्ने हाम्रो फिल्म इन्डष्ट्रीको मार्केट चाही बिभिन्न कारणले खुम्चीइ रहेको छ ।जसको मार सम्पुर्ण फिल्म इन्डष्ट्री र यस संग सम्बन्धीतहरुले बेहोर्नु परी रहेको छ ।काठमाण्डु उपत्यका र उपत्यका बाहीरका केही ठुला शहर मात्र हाम्रा फिल्मको बजार हुने गरेका छन ।केही फिल्मले अन्राष्ट्रीय बजारमा आफ्नो उपस्थीति नजनाएका होइनन ।तर संगठित र ब्यबशायिक रुपमा बिदेशी बजारमा फिल्मलाइ प्रदर्शनको लागि लैजाने काम हुन सकी रहेको छैन ।फिल्मका निर्माता वा बितरकले आफ्नो ब्यक्ती गत पहीचान भएका देश वा शहरमा केही फिल्म देखाउने र फर्कने गरेकाछन ।संगठित र ब्यबशायिक रुपमा फिल्म लाइ अन्तराष्ट्रीय बजारमा लैजानु पर्छ भन्ने आबस्यकता चलचित्र कर्मीले महशुस गरेका पनि त्यसको लागि उचित पहल भने भइ रहेको छैन ।
हरेक देशमा रहेक दुताबास मार्फत पहल गर्न सके उचित हुने आबस्यकता महशुश गरीए पनि कसै बाट पनि पहल नहुदा हुन सक्ने सम्भाबित आम्दानी गुमाउनु परेको चलचित्र कर्मी बताउद छन ।अहीले बिदेशमा धेरै नेपाली काम र अध्यनको शिलशिलामा रहेकाले हाम्रा फिल्मको माग बिदेशमा पनि रहेको छ तर उचित संयन्त्र र प्रणालीको बिकास हुन नसक्दा फिल्महरु खुम्चीन बाध्य भइ रहेका छन ।फिल्म र फिल्म इन्डष्ट्रीको बिकासको लागि अनगिन्ति संगठन भयर पनि यस बिषयमा सम्बन्धीत निकायको ध्यान तान्न सकीरहेका छैनन ।फिल्म बाट हुने आम्दानी र फिल्मको स्तरको बिकासको लागि फिल्महरुलाइ अन्तराष्ट्रीय बजारमा लैजानु जरुरी भइसकेको छ ।

LIVE TV