
नेपालको कला र स“स्कृति झल्काउने चलचित्रहरुले राम्रो व्यापार गरीरहेको समयमा पश्चिम नेपालको गाउ“ले परिवेश,त्यस्तै लवज, चालढाल,लवाई खुवाई, शैलि र जातीय विभेदको यथार्थ कुरालाई लिएर बनेको चलचित्र धौली पनि पौषको १० गतेबाट काठमाडौं उपत्यका बाहिर र १७ गते बाट काठमाडौं उपत्यकामा लाग्ने भएको छ । धौलि चलचित्रलाई शम्भु थापाको निर्माणमा घनश्याम लामिछानेले निर्देशन् गरेका छन् । यस चलचित्रमा गाउ“को हुनेखानेको घरमा कमजोर आर्थिक स्थितिका व्यक्तिहरु श्रम गर्न जा“दा हुने आरोह अवरोहलाई जस्ताको तस्तै देखाउने प्रयास गरीएको धौलीको निर्देशकले बताएका छन् । उक्त चलचित्रमा गजित विष्ट,अनु शाह,अर्जुन गोदार,विद्या कार्की, विष्णु गौतम,गीता अधिकारी निशान नेपाल,प्रकाश घिमिरे, शम्भु थापा र तेज गिरीको गाउ“ले परिवेशमा मुख्य भुमिकाको रुपमा अभिनय हेर्न पाईने निर्माण टोलीले बताएका छन् । दर्शकको फिल्म प्रतिको धारणा बदलिदै गएकाले दर्शककै चाहना अनुसारको फिल्मको निर्माण गरेको निर्माता किरण आत्रेय बताउद छन ।
यस अगाडि पोखरा, दाङ, हेटौंडा, मलेसिया र वेलायतका विभिन्न स्थानमा प्रदर्शन भईसकेको हुनाले प्रोमो भन्दा चलचित्र अझै राम्रो भएको र कान्छो पात्र (विष्णु गौतम) र धौली पात्र (गीता अधिकारी) बीचको संवादलाई बढि दर्शकले रुचाएको निर्देशक लामिछानेले बताएका छन् । अमेरिकाको वाल्टिमोरमा पौषको पा“च गते प्रदर्शन गरिसकेपछि अष्ट्रेलियामा प्रदर्शनको अन्तिम तयारीमा रहेको निर्देशकले बताएका छन् ।
त्यस्तै ईन्टरटेनमेन्ट ब्याण्डले बनाएकोे गीत (भा“जो हाल्यो पिरतीले) पनि युट्युवमा दर्शकको राम्रो साथ पाएको र यो गीतलाई धेरैले राम्रो भनेर प्रतिकृया पाएको धौली टिमले जनाएको छ । दलित महिला र ब्राह्मण युवाबिच देखाउन खोजिएको प्रेम सम्बन्ध धौली लाई स्पाईनी व्याबलर क्रियशनको व्यानरमा करिब ६० लाखको हाराहारीमा बनेको यस चलचित्रले पनि परदेशी र कबड्डी कबड्डी जस्तै सफल हुने धौली टोलीले बताएका छन् ।