
निरन्तर साढे चार महिनादेखि आन्दोलनरत मधेस केन्द्रीत दलको आन्दोलन पछिल्लो दुई दिनदेखि पूनः अराजक बनेको छ । संघीय समावेशी मधेसी गठबन्धनको निर्णय अनुसार शिक्षण संस्था बन्द गराउने क्रममा प्रहरी र प्रर्दशनकारी बीचको झडपसंगै आन्दोलन अराजक बनेको हो ।संयुक्त लोतान्त्रिक मधेसी मोर्चाले विहानको समयमा शिक्षण संस्था संचालन गर्न दिने निर्णय अनुसार धनुषा सहित तराईका शिक्षण संस्थाहरु संचालन हुंदै आएको थियो । तर गठबन्धनले शिक्षण संस्था,कलकारखाना,यातायात,नाका सहितका क्षेत्र अनिश्चिकालका लागि बन्द गर्नु पर्ने भन्दै प्रर्दशनमा उत्रेका छन् । प्रर्दशनको क्रममा जनकपुरमा संचलनमा रहेको मिट क्याम्पस, सिद्धार्थ शिशुसदन, ध्रुव तारा बोंर्डिग स्कुल सहितका शिक्षण संस्थामा ढुंगामुडा गर्दै तालाबन्दी गरेपछि आन्दोलन अराजक बनेको हो । शिक्षण संस्था बन्द गराउने क्रममा प्रहरीले गठबन्धनका युवा नेता ज्ञानेन्द्र झालाई नियन्त्रणमा लिएको थियो । झालाई प्रहरीले नियन्त्रणमा लिएपछि मधेस केन्द्रित बिभिन्न दल तथा संगठनहरु प्रर्दशनमा उत्रेका छन् । आन्दोलनकारीहरुले राजमार्ग र भन्सार नाका रोक लगाएपछि जनजीवन झन कष्टकर बनेको छ । आन्दोलनकारीहरुले भन्सार नाकाबाट किसान बाहेक अरु कसैलाई खाद्यान्न समेत लान नदिने निर्णय गरेको छ । यसैगरी, मोटराईकल तथा साईकलमा भारतीय बजारमा ल्याउंदै गरेको डिजल,पेट्रोल तथा खाना पकाउने ग्यासँलाई आन्दोलनकारीहरुले नियन्त्रणमा लिई नष्ट गरेको छ ।