६ पुष २०७२, सोमबार

काठमााडौ प्रहरीले डकैती गर्ने योजना बनाइरहेको अवस्थामा सात जनाको समूहलाई नियन्त्रणमा लिएको छ । आइतवार चावहिलवाट उनीहरुलाई एक थान पेस्तोल सहित प्रहरीले पक्राउ गरेको हो । एक समूह अपराधिक योजना बनाइरहेको विशेष सूचना पाएको प्रहरी आइतवार साँझ पाँच वजे चावहिल पुगेको थियो । अपराधिक घटनामा संलग्न रहि ६ वर्ष कारागार सजाय भुक्तान गरेका पर्वत भोकसिङ्गका २७ वर्षीय पुष्कर लोहनी, सुनसरी धरानका वर्मा तामाङ लगायतको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै, धादिङ्ग झार्लाङ्गका स्यामोल तामाङ, नुवाकोट वेलकोटका राम शरण नेपाली, सोही गाविसका रोशन परियार, काभ्रे धुलिखेलका प्रेम तामाङ र धादिङ तिपलिङका वेशिल घलेलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथवाट एक थान पेस्तोल र ३०३ को गोली १ थान, ७ वटा मोवाईल र एउटा मोटरसाइकल वरमाद गरेको छ ।
पक्राउ परेकाहरुविरुद्ध हात हतियार खरखजाना मुद्धा अन्तर्गत मुद्दा चलाई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

 

vlcsnap-2015-12-21-16h15m34s182

 

vlcsnap-2015-12-21-16h15m42s373

LIVE TV