६ पुष २०७२, सोमबार

स्पेनमा भएको आम चुनावमा देशको सत्तारुढ कन्जरभेटिभ पार्टीले अधिकांश स्थानमा विजय हासिल गरेपनि बहुमत ल्याउन विफल भएको छ । अब उक्त दलले गठवन्धन बनाएर अघि बढ्नुपर्ने भएको छ । अधिकांश मतगणना सकिंदासम्म पपुलर पार्टीले १२३ सीट, सोसलिस्टहरुले ९० सीट र मितव्ययिता विरोधी पोदेमोस पार्टीले ६९ सीट ल्याएको छ । उदारवादी सीउदा दानोस पार्टीले ४० सीट ल्याएर चौथो स्थान हासिल गरेको छ । मतदाताहरुमाझ रहेको असन्तुष्टिका बीच पोदेमोस र सीउदा दानोस पार्टीहरुले पहिलोपटक राष्ट्रियस्तरका उम्मेदवार उठाएका थिए । स्पेनमा विगत तीन दशकभन्दा बढी समयदेखि पपुलर पार्टी र समाजवादी पार्टीले पालैपालो सरकार चलाउँदै आएका थिए । कसैको पनि स्पष्ट बहुमत नआएपछि पोदेमोस पार्टीकी एक प्रवक्ताले स्पेनमा अब दुई पार्टीमा मात्र केन्द्रित राजनीति सकिएको बताइन् । चुनावमा ७२ प्रतिशत मतदाताले भाग लिएको बताइएको छ । पछिल्लो संसदमा १८६ सिट रहेको प्रधानमन्त्री मारियानो राहोएको पपुलर पार्टीलाई स्पष्ट बहुमत हासिल गर्न १७६ सीट आवश्यक थियो । मितव्ययीताविरोधी पोदेमोस पार्टीले २० प्रतिशत स्थानमा विजय हासिल गरेको छ । अब, पपुलर पार्टीलाई सरकार बनाउन मुस्किल हुने बिश्लेषण गरिएको छ ।

 

Podemos (We Can) leader Pablo Iglesias (2L) acknowledges his supporters after learning the final general elections results

 

Leader and candidate of Ciudadanos (Citizens) Party Albert Rivera (L) celebrates with his supporters the results of the general elections in Madrid

LIVE TV