६ पुष २०७२, सोमबार

चीनको शेनचेनमा गएको पहिरोमा पुरिएर ९१ जना बेपत्ता भएका छन् । दक्षिणी शहर शेनचेनमा पहिरो जाँदा ३३ वटा भवनहरु ध्वस्त भएका छन् । उद्दारकर्मीले अहिलेसम्म ७ जनाको जीवितै उद्धार गरेको र अझै त्यहाँ पुरिएका करिब ९१ जनाको उद्दारको प्रयास भइरहेको जनाएका छन् । शेनचेनको औद्योगितक क्षेत्रमा ३३ भन्दा धेरै भवन जमिन तथा फोहोरमा धसिएका छन् । यसरी जमिन तथा फोहोरमा धसिने भवन मध्ये दुई वटा आवसा भवन पनि रहेको जनाइएको छ । पहिरो जानु भन्दा पहिले नौ सय बढी मानिसहरुलाई शेनचेनबाट सुरक्षित स्थानमा सारिएको थियो । सुरक्षति स्थानमा रहेका मानिसले धेरै मानिस पहिरोले पुरिएको तथा जमिनमा धसिएको बताएका छन् । पहिरोको कारण भने अहिलेसम्म स्पष्ट भएको छैन ।

 

Dozens were missing after a landslide in the southern city of Shenzhen sent earth crashing

LIVE TV