६ पुष २०७२, सोमबार

साताको दोस्रो दिन आज सोमबार सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ४८ हजार १ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि आइतबार सुनको भाउ तोलाको ४८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी सोमवार तेजावी सुन प्रतितोला ४७ हजार ८ सय ५० रुपैयाँमा कारोवार भएको छ । अमेरिकी फेडरल बैंकले व्याजदरमा ० दशमलव २५ प्रतिशत बृद्धि गरेसँगै सुनको भाउ गत साता तोलामा ११ सय रुपैयाँले घटेको थियो । साथै डलरको उत्तारचढावका कारण नेपाली बजारमा सुनको भाउमा उत्तारचढाव आएको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ । त्यस्तै चाँदीको भाउ प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भएको छ । चाँदी भने आइतबारकै मूल्यमा कारोबार भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV