६ पुष २०७२, सोमबार

नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद छानविन गरी हल गर्न सुझाव पेश गर्न गठन गरिएको छानविन समितिको म्याद तीन दिन थप गरेको छ । अव थप गरिएको समयमा छानविन समितिले अन्तिम निर्णय पेश गर्ने छ । नेपाली कांग्रेसको चालु केन्द्रीय समिति बैठकको अन्तिम दिन क्रियाशील विवाद छानविन गर्न गठन गरिएको समितिलाई अन्तिम सुझाव पेश गर्न तीन दिन थप समय दिईएको हो । केन्द्रिय समितिको बैठकमा आएका सुझावहरुको आधारमा छानविन समितिले अन्तिम निर्णय बुझाउने कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिनुभयो । महाधिवेशन नजिकिदै गर्दा मुलुककै ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले क्रियाशील सदस्यता सम्वन्धी विवाद टुङ्गाउन सकिरहेको छैन । मुख्यगरी संस्थापन पक्ष र शेरवहादुर देउवा पक्षबीच चरम विवाद देखिएको छ । केन्द्रीय समितिको बैठकमा पनि धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीका बरिष्ठ नेताहरुको निर्णय क्षमतामा प्रश्न उठाउँदै सदस्य विवाद हल गर्न सुझावहरु पेश गरेका थिए ।

LIVE TV