५ पुष २०७२, आईतवार

अर्घाखाँची। अर्थ मन्त्रालयका उपसचिव डा भीष्मकुमार भुसालले सरकारी निकायले सार्वजनिक महत्वको विषयलाई स्वतः सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान भएको बताउनुभएको छ । यहाँ आज आयोजित कार्यक्रममा सहायक प्रजिअ चिरन्जीवी घिमिरेले सूचना पाउने नागरिकको मौलिक अधिकारलाई सार्वजनिक निकायले पालना गर्नुपर्ने बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक नारायण पोख्रेल, नेकपा(एमालेंका उपसचिव प्रेमनारायण गैरे, एकीकृत नेकपा(माओवादी) जिल्ला कोषाध्यक्ष छमकुमारी खनाल, राष्ट्रिय जनमुक्ति मोर्चा (लोकतान्त्रिक) का टोपबहादुर बलाल र राप्रपाका देवीबहादुर खड्काले सूचना उपलब्ध गराउन आपूmहरु प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो । रासस

 

LIVE TV