
यस बर्षको मिस वल्र्डको ताज स्पेनकी मेरीया लालालुनाले जितेकी छिन ।बार्सिलोना निबासि तेइस बर्षीया मोडल मेरीयाले यस बर्षको बिश्व सुन्दरी बनेकी हुन ।एक सय चौध प्रतिस्पर्धीहरु मध्य उनि उत्कृष्ठ ठहरीएकी छिन ।गत बर्षकी बिजेता रोलेने स्ट्राउसले मेरीयालाइ बिश्व सुन्दरीको ताज पहीराइ दिएकी थिइन ।प्रतियोगितामा मेरीयाले बाहीरी सौन्दर्यता संगै मनमा भित्री सौन्दर्यता पनि हुनु पर्ने बताएकी थिइन ।प्रतियोगितामा मिस रुस सोफिया निकुत चुक मिस इन्डोनेसिया मारीया हारफान्ती व्रmमश दोस्रो र तस्रो बिजेता भएका थिए । मिस जमैका र मिस लेबनानका प्रतियोगीले पनि प्रतियोगीताको उत्कृष्ट पाँचमा आफ्नो स्थान बनाउन सफल भएका थिए ।पिपुल्स च्वाइस अवार्ड भने भियतनाम की सुन्दरीले हात पारीन ।मिस वल्र्डको ६५ औ संस्करण चिनको सान्यामा सम्पन्न भएको हो ।पहीलो मिस वल्र्डको आयोजना लन्डनमा भएको थियो ।हाम्रो देशबाट इभाना मानन्धरले यस प्रतियोगितामा सहभागिता जनाएकी थिइन ।