५ पुष २०७२, आईतवार

 

काठमाडौं । नेपाल आयल निगमले सिफारिसका आधारमा दुई दिनमा एक लाख दुई हजार लिटर डिजेल वितरण गरेको छ ।

यो निगमको काठमाडौं उपत्यकामा इन्धन वितरण गर्ने थानकोट डिपोले दिएको परिमाण मात्रै हो । निगमले सिफारिसका आधारमा विराटनगर, अमलेखगन्जलगायतका डिपोबाट पनि इन्धन दिइरहेको छ । थानकोट डिपोले बिहीबार १६ संस्थालाई समान तीन हजार लिटरका दरले ४८ हजार लिटर इन्धन बाँडेको थियो भने शुक्रबार थप १८ संस्थालाई तीन हजार लिटरका दरले कुल ५४ हजार लिटर वितरण गरेको जनाएको नयाँ पत्रिकामा खबर छ ।

भारतको नाकाबन्दीयता थोरै आएको इन्धन पम्पबाट ठूलो परिमाणमा वितरण गर्न नसकेपछि निगमले जलविद्युत् आयोजना, बैंक, कृषिजन्य उद्योग, होटेल, अस्पताल, दूरसञ्चार सेवाप्रदायक संस्थालगायतलाई डिपोबाटै डिजेल वितरण थालेको हो ।

 

LIVE TV