
एफएफसी अण्डर फोर्टिन गल्र्स फुटबलको फाइनल खेल भोलि, वैशाख १२ को भूकम्पले स्थगित खेलको उपाधिका लागि नेपाल पाहुना बंगलादेशसंग भिडदै
गत बैशाख १२ गतेको भूकम्पका कारण स्थगित गरिएको एएफसी अण्डर फोर्टिन रिजनल गल्र्स च्याम्पियनसीप फुटवलको फाइनल खेलमा आइतबार साविक बिजेता नेपाल र बंगलादेश बीच प्रतिस्पर्धा हुदैछ ।
एएफसीले खेल स्थगित गर्ने निर्णय गरेपनि बंगलादेशको दवावका कारण फाइनल खेल खेलाउन लागिएको हो । शनिबार भएको खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान पूजा रानाले प्रशिक्षकको रणनीतिमा मैदानमा उत्रने र उपाधि रक्षा गर्ने बताइन ।
यता बंगलादेशकी कप्तानले पनि उपाधि जित्ने लक्ष्यका साथ फाइनल खेल्न आएको बताइन ।
नेपाली टोलीका प्रशिक्षक किशोर केसीले फाइनलका लागि बीस दिनको बन्द प्रशिक्षण गराइएको र नतिजा नेपालकै पक्षमा आउने आशा व्यक्त गरे ।
गत बैशाखमा भएको सेमीफाइनलमा नेपालले भारतलाई एक शुन्य र बंगलादेशले इरानलाइ दुइ शुन्यले पराजित गरेको थियो । खेल आइतबार बिहान ११ बजेदेखि लगनखेल स्थित नेपाली सेनाको मैदानमा हुनेछ ।