
साताको पहिलो दिन सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुन प्रतितोला ४८ हजार रुपैयाँमा कारोवार भएको छ ।यसअघि गत शुक्रवार सुनको भउ तोलाको ४७ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो । आइतवार तेजावी सुन प्रतितोला ४७ हजार ७ सय ५० रुपैयाँमा कारोवार भएको छ । अमेरिकी फेडरल बैंकले व्याजदरमा ० दशमलव २५ प्रतिशत बृद्धि गरेसँगै सुनको भाउ गत साता तोलामा ११ सय रुपैयाँले घटेको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भएको छ। चाँदी पनि शुक्रवारको तुलनामा तोलामा ५ रुपैयाँले बढेको छ ।