५ पुष २०७२, आईतवार

गोरखा, पुस ४ गते । गोरखाका भूकम्पपीडित ३० जना विद्यार्थीलाई ‘सद्भाव छात्रवृत्ति’ वितरण गरिएको छ । नेपाल राष्ट्रिय स्वयम्सेवक कार्यक्रम, गोरखाले जगदम्बा सिमेन्टको आर्थिक सहयोगमा हिजो १६ विद्यालयका ३० जना छात्रछात्रालाई स्टेसनरी र विद्यालय पोसाक वितरण गरेको हो ।

कार्यक्रमका गोरखा संयोजक सङ्गमबाबु श्रेष्ठका अनुसार स्थानीय विकास अधिकारी प्रेमराज गिरीले छात्रछात्रालाई प्रमाणपत्रसहित छात्रवृत्ति वितरण गरेको बताउनुभयो । जिल्ला शिक्षा अधिकारी हरिप्रसाद अर्यालले भूकम्पले गर्दा जिल्लाका ४९४ विद्यालय ध्वस्त भएको र विद्यार्थीले पढ्ने किताबसमेत पुरिँदा समस्या थपिएको बताउनुभयो ।

त्यस्तै ताप्ले गाविसका भूकम्पपीडितलाई ४२ वटा सुरक्षित घर बनाउने कार्यक्रम पनि तय भएको जानकारी संयोजक श्रेष्ठले दिनुभयो । रासस

 

LIVE TV