५ पुष २०७२, आईतवार

बैशाख १२ गते गएको विनासकारी भुकम्प र त्यसपछि भारतले नेपालमाथी गरेको नाकावन्दीका कारण देशको अर्थतन्त्र नाजुक अवस्थामा छ । नाकावन्दीका कारण पेट्रोलिय पदार्थ अभाव भएपछि दोलाखको प्रख्यात कालिञ्चोक भगवती आउने दर्शनार्थीहरुको संङ्ख्यामा कमी आएको छ । अरुबेला दिनहु सयौको संङ्ख्यामा पर्यटक आउने कालिञ्चोक भगवतीमा फाट्टफुट्ट मात्र दर्शनार्थी भेटिन्छन् ।दोलखा सदरमुकार चरिकोट देखि १७ किलोमिटर कच्चि बाटो हुदै कालिन्चोक भगवतीको फेर कुरी बजार पुगिन्छ । गाडिबाट कालिञ्चोक दर्शन गर्न आउनेहरुले याहा“बाट हिडेरै एक घण्टाको ठाडो उकालो चढेपछि कालिञ्चोक मन्दिर पुगिन्छ । कालिन्चोक भगवति दर्शन गर्न आउनेहरुका लागि कुरी बजारमा खाने र वस्ने राम्रो व्यवस्था छ । राम्रो लगानमा व्यवस्थित होटल बनाइएका छन् । तर नाकावन्दीका कारण पर्यटकहरुको संङ्ख्यामा कमि आएपछि पर्यटकको पर्खाइमा छ कुरी बजार ।कालिञ्चोक भगवती दोलखा जिल्लामा अवस्थित एउटा प्रख्यात धार्मिक पर्यटकीय स्थल हो । कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटरको उचाईमा छ । कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ । दैविक शक्तीका कारण डा“डा“को चुचुरोमा रहेको मन्दिरमा पनि कहिलै नसुक्नु स्थानियहरु बताउछन् । त्यही पानि आएर एकातिर सुनकोसी र आर्कोतिर तामाकोसी नदी भएर बग्छ । कालिञ्चोक भगवतीको मन्दीर हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो । यहा“ आएर भाकल गरेपछि मागको पुग्ने स्थानियहरुको विश्वास छ ।तर भूकम्प र नाकावन्दीका कारण धार्मीक पर्यटकहरुको संङख्या घटेको स्थानियहरुको भनाइ छ । कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रङखला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । मानिस आउन कम भए पनि कालिञ्चोक शौन्दर्य र यहाँट देखिने प्राकृतिक सुन्दरतामा कुनै कमी आएको छैन ।

LIVE TV