५ पुष २०७२, आईतवार

बेलहिया नाका सहज भए पनि भारतीय पक्षले बिभिन्न बहानामा ट्रक तथा कन्टेनर कम छाड्न थालेपछि व्यवसायीहरु वैकल्पिक बाटो रोज्न बाध्य भएका छन् । भारतीय सुरक्षाकर्मी तथा भन्सारले नाकालाई असहज बनाउदै लगेपछि आयातकर्ताहरुले सिमापारी रोकिएका ट्रकहरुहरुबाट मालसामान त्यही अनलोड गराई रिक्सा या ठेलागाडीमा मालसामान राखेर नेपाल भित्रयाउने क्रम बढेको छ । अहिलै दैनिक जसो १० ÷१२ ट्रक बराबरका सामानहरु सिमापारी अनलोड गरी रिक्सा र ठेला गाडामा राखेर ल्याउने काम भैरहेको र यो क्रम बढिरहेको भन्सार एजेन्ट संघ रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो । बीरगन्जबाट रि रुट भएर यो नाका हुदै आएका सामानहरु पनि रिक्सा र ठेलामा राखेर ल्याईने गरिएको छ । तर अचम्म के छ भने सहज रुपमा मालबाहक ट्रक नछाडे पनि त्यही ट्रकमा आउने सामान लाई अनलोड गरी रिक्सा र ठेलागाडीमा ल्याउन भने भारतीय पक्षले कुनै रोकटोक गरेको छैन् । बिशेष गरी अहिले खुद्रा सामानहरु सीमावर्ति क्षेत्रमा अनलोड गरी रिक्सा ठेलागाडामा ल्याउने क्रम बढेको हो ।
यसरी भारतीय भूमिमै अनलोड गरी रिक्सामा ल्याउदा आयात समेत थप महगो हुने गरेको छ । यस्को प्रत्यक्ष भार आम उपभोक्ताको काँधमा पर्ने निश्चित छ । अहिले सीमावर्ति बजारबाट रिक्सा ठेलामा मालसामान ढुवानी गरेबापत एउटा रिक्साचालकले एक ट्रिपमा १ हजार रुपैया सम्म पाउने गरेका छन् । बिशेष गरी दैनिक प्रयोजनका सामान,बिद्युतीय सामग्रीहरु,ब्लान्केट,लत्ता कपडा,खानेकुरा, जस्ता सामानहरु रिक्सा ठेलागाडामा आउन थालेका छन् । मोटरसाईकल ल्याएको ट्रक समेत नछाडे पछि आयातकर्ताले मोटरसाईकल समेत चलाएरै नेपाल भित्रयाउने गरेका छन् । बेलहिया नाका सहज हँुदा पनि भारतबाट निकै न्युन रुपमा मालबाहक ट्रकहरु छाडन थालेपछि आयातकर्ताहरु हतोत्साही हुदै नाकानै परिवर्तन समेत गर्न थालेका छन् । एक नम्बरको रोजाई भएको बेलहिया नाकाबाट अहिले आयातकर्ताहरु बिस्तारै पूर्वी नाका तथा पश्चिममा नेपालगञ्ज र धनगढीबाट आयात गर्ने क्रम समेत बढन थालृेको घिमिरे बताउनु हुन्छ ।पछिल्लो समय बेलहिया नाकाबाट आयात असहज हँुदा सिमापारी ३ हजार भन्दा बढी मालबाहक ट्रक÷कन्टेनर रोकिएका छन् । सीमावर्ति क्षेत्रको कोल्हुई बजार भन्दा पर सम्म ट्रकहरुको लाम छ । भैरहवा भन्सार कार्यालयका अधिकृत रबीन्द्र प्याकुरेलले दैनिक मुस्किलले १ सयको हाराहारीमा मालबाहक ट्रक नेपाल भित्रने गरेको बताउनु हुन्छ । एक सय ट्रक त आउछ तर त्यस्मा विक्रिको प्रयोजनका लागि ल्याइएका साना गाडीका साथै तरकारी फलफुल,चामल,आलु,प्याजका बढी रहने गरेको प्याकुरलेले जानकारी दिनुभयो ।
सामान्य अबस्थामा बेलहिया नाकाबाट दैनिक ३ सय देखि ४ सय ट्रक सम्म सामान आउने गथ्र्यो भने ग्यास ,डिजल ,पेट्रोल,मटितेल गरी ४० ट्यांकर सम्म आउथ्यो । अहिले इन्धन मुस्किलले दिन बिराएर तीन चार ट्यांकर मात्र आउने गरेको छ ।

LIVE TV