
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाली सेनाका कर्णेल कुमार लामाको मुद्दा छिटो टुंगो लगाइदिन बेलायत सरकारलाई आग्रह गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।बेलायतका लर्ड चान्सलर तथा कानुनमन्त्री माकल गोभलाई शुक्रबार विहान उनकै कार्यकक्षमा भेटी उनले उक्त अनुरोध गरेका हुन् ।
सन् २०१३ मा परिवार भेट्न बेलायत गएका बेला लामा समातिएका थिए । सन २००५ मा कपिलबस्तु र रुपन्देहीको सीमास्थित गोरुसिंगे ब्यारेक प्रमुख रहदाँ माओवादीे आरोपमा थुनिएका दुई बन्दीलाई यातना दिएको अभियोगमा उनी मुद्दा खेपिरहेका छन् ।