
लागु औषध प्रयोगकर्ताहरुको उपचारका लागि सुनसरीको धरानमा मौखिक प्रतिस्थापन विधिको रुपमा मेथाडोन प्रयोगमा आउने भएको छ । लामो विवादकाबीच आगामी जनवरीवाट मेथाडोन वितरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो । एचआइभी संक्रमण र हेपाटाइटिस समस्यालाई निराकरणको लागि धरानमा मेथाडोन विधि भित्रयाउन लागिएको हो ।विगत २० वर्षदेखि धरानमा लागू औषध नियन्त्रण तथा प्रयोगकर्ताहरुको उपचारमा काम गर्दै आएको कियाचु पुर्नजीवन केन्द्रको सहकार्यमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले यो सेवा दिन लागेको हो । गोल्लाबल को फन्डको कार्यक्रम अन्र्तगत सेभ द चिल्ड्रनेको सहयोगमा यो कार्यक्रम सुरु हुन लागेको हो । धरानमा पछिल्लो समयमा हेरोइन प्रयोगकर्ताको संख्यामा बृद्धि हुदै गएको र एच आइभी सक्रमितको समेत बढेको कारण यो कार्यक्रम सुरु गर्न लागिएको पुर्नजीवन केन्द्रले जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रमाणित गरेको औषधि मेथाडोन नेपालमा सन् १९९४ मा पाटन हस्पिटलबाट भित्रिएको हो । पुनः २००७ मा टिचिङ हस्पिटलमा यो कार्यक्रम सुरु भयो । त्यो बेलामा सरकारको ठोस नीति तथा कार्यक्रम भने थिएन् । तर, यसपटक मेथाडोन खुवाउने विषयमा सरकारले निर्देशिका नै लागू गरेको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत रहेर सरकारले मौखिक प्रतिस्थापन उपचार पद्धति कार्य सञ्चालन निर्देशिका २०७० लागू गरेको हो । डब्लुएचओमा सूचिकृत यो औषधिलाई नेपाल सरकार औषधि व्यवस्था विभागले परीक्षण गरी जारी गरेको नियन्त्रित औषधि हो । कार्यक्रम अन्तर्गत मेथाडोन र बु्रपो नर्फिन ट्याब्टेल विरतरण गरिने कियाचु पुर्नजीवन केन्द्रका निर्देशक कमल तिगेलाको भनाई छ । यो कार्यक्रम अन्तगर्त सुइवाट लागु औषध प्रयोगकर्ताहरुका लागि सुइको विकल्पको रुपमा यो औषधि दिइने तथा उनिहरुलाई परामर्शसगै पुर्नस्थापना समेत गरिने तिगेलाको भनाई छ । यो कार्यक्रम एच आई भी एड्स नियन्त्रण सगै लागूऔषध प्रयोगकर्ताहरुको उपचारमा प्रभावकारी हुने उनको विश्वास छ । पुर्नस्थापना केन्द्र सगै सामुदायिक स्याहार केन्द्र , सक्रमित बालबालिकाहरुको सामाजिक सुरक्षा कार्यक्रम समेत केन्द्रले सञ्चालन गर्दै आएको उनले जानकारी दिए । मेथाडोन विधि भित्रयाउनुको प्रमुख उद्देश्य एचआइभी संक्रमण र हेपाटाइटिस समस्यालाई निराकरण गर्नु हो । केन्द्रीय तथ्याङ्क विभागको २०६९ को तथ्याङ्क अनुसार नेपालमा कडा किसिमका लागूऔषध प्रयोगकर्ताहरु ९१ हजार ५ सय ३४ छन् । विभागकै पछिल्लो तथ्याङ्कमा सुनसरीमा ७ हजार ४ सय ७ जना लागूऔषध प्रयोगकर्ताहरु छन् । जसमध्ये ५८ प्रतिशतले सुईमार्फत लागूऔषध प्रयोग गर्छन् । जस्मा १ हजार ३ जना एचआईभी संक्रमित रहेको देखाउँछ । संक्रमित मध्ये ५ सय ९८ जना सुई मार्फत लागूऔषध लिनेहरु छन् । धरानमा सुईमार्फत लागूऔषध प्रयोग गर्नहरु मध्ये ७० प्रतिशत भन्दा बढीमा हेपाटाइटिसको संक्रमण रहेको आव २०७१÷०७२ को तथ्याङ्कमा उल्लेख छ । लागूऔषध मौखिक प्रतिस्थापन उपचार पद्धति कार्य सञ्चालन निर्देशिका (२०७०) मा अनुगमन तथा निरीक्षण सम्बन्धी व्यवस्था छ । तर, प्रभावकारी अनुगमन नहुने समस्याले गर्दा प्रयोगकर्ताहरु थप जोखिम तिर धकेलिने धेरै सम्भावना देखिन्छ ।